काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले स्कर्पियो एनमा आधारित पीकअप ट्रकको विकासलाई तिब्रता दिएको छ । कम्पनीले स्कर्पियो एनमा आधारित पीकअप सिंगल र डबल क्यावमा उपलब्ध हुनेछ । सिंगल क्याविनमा लामो लगेज स्पेश रहेको छ ।
अहिले भारतमा सडक परीक्षणको क्रममा देखिएको पीकअप ट्रकको अगाडिको फेस स्कर्पियो एनसँग ठ्याक्कै मिल्दो देखिएको छ । यसमा पनि सिक्स भर्टिकल स्ल्याट तथा बीचमा टुइन पीक लोगो, एलइडी हेडल्याम्प, सी आकारको एलइडी डीआरएल, उस्तै बोनेट स्ट्रक्चर तथा अलोय ह्वील रहेको छ ।
कम्पनीले सन् २०२३ को अगस्टमा साउथ अफ्रिकामा ग्लोवल पीकअप कन्सेप्ट देखाएको थियो । पछि नोभेम्बरमा उक्त कन्सेप्टसँग मिल्दोजुल्दो डिजाइन प्याटेन्ट दर्ता भएको रिपोर्टहरु बाहिर आएको थियो ।
महिन्द्राले अहिले सडक परीक्षण गरिरहेको पीकअप भने ग्लोवल मोडल नभएर भारतको लागि विकास गरिएको जस्तो देखिन्छ । लामो कार्गो बेड रहेको सिंगल क्याब पीकअप कमर्शियल प्रयोगमा आउने देखिन्छ ।

