सार्वजनिक सवारी साधनमा सुरक्षाकर्मी राख्न पाइने

काठमाडौं । अब सार्वजनिक सवारीधनीले आफ्नो साधनमा सुरक्षाकर्मी राख्न पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

प्रस्तावित विधेयक अनुसार सार्वजनिक सवारीधनीले सवारी तथा यात्रुको सुरक्षाका लागि आवश्यकता अनुसार साधनका सुरक्षाकर्मी राख्न पाउने प्रस्ताव गरिएको छ ।

सुरक्षाकर्मी राख्नका लागि सम्बन्धित जिल्ला प्रशासनले अनुमति दिनुपर्नेछ । ‘सुरक्षाकर्मीको अतिरिक्त कुनै सार्वजनिक सवारी साधनमा यात्रुको सुरक्षाको लागि सुरक्षाकर्मी राख्न आवश्यक देखिएमा वा त्यस्तो सवारी साधनको संचालकले सुरक्षा माग गरेमा त्यस्तो सवारी साधनलाई सुरक्षा प्रदान गर्न उपयुक्त देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकिए बमोजिम सुरक्षाकर्मी खटाउन सक्नेछ,’ विधेयकको मस्यौदामा भनिएको छ ।


Back_to_top