सेगवेको दशैँ तिहार उपहार योजना : १० हजार नगद छुट, लक्की ड्रमा किक स्कुटर

काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहब प्रालिले चाडपर्वलाई लक्षित गर्दै आकर्षक छुट र पुरस्कार योजना ल्याएको छ ।

कम्पनीले दशैं, तिहार र छठको अवसरमा ‘यो दशैं/तिहार सेगवेको साथ उपहार ७’ अफर ल्याएको हो ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, १० हजार रुपैयाँ नगद छुट अमाजफिट व्याण्ड ५ वा अमाजफिट नियो व्याण्ड जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् । साथमा, निःशुल्क बीमा र सडक कर पनि तिर्नुपर्दैन ।

यस्तै, ग्राहकले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर एफ ४०, २ जनाले स्मार्ट फोन मेजु एम १७ र ५ जनाले अमाजफिट जीटीएस २ स्मार्ट घडी पाउने छन् । साथै, एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र इएमआईको सुविधा पनि छ ।

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । यस अफर नेपालमा सेगवेको दुईपांग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्ने ग्राहकलाई सेगवे ई–स्कुटरहरू रोजाइ बन्न सक्ने कम्पनीले जनाएको छ । यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । सेगवेको शोरुम राइजिङ मलमा रहेको छ ।


Back_to_top