काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । भोलीदेखी सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो ।
कम्पनीले भोलि (बुधबार)देखि सेगवे नाइनवोटको आधिकारिक विक्री सुरू गर्ने तयारी गरेको हो ।
ओजिल स्टाेरले नेपाल भित्रिएको सेगवे तथा नाइनवोटका उत्पादनको विक्री तथा व्यवस्थापन भने ओलिज स्टोरले गर्ने कम्पनीले बताएको छ । ओलिज स्टोरले यसअघि नै सेगवेका इलेक्ट्रीक ट्रेल बाइकको विक्री गरी सकेको छ ।
कम्पनीका अनुसार भोलिदेखि विक्री सुरू हुन लागेको स्कुटर नाइनवोटको रहेको छ । कम्पनीले पहिलो चरणमा नाइनवोट ई १०० को विक्री सुरू गर्ने अनुमान गरिएको छ । नाइनवोट इ १०० मा अल एलइडी लाइट, अटोमेटिक टर्न इन्डिकेटर, वाटर रेसिस्टेन्स ब्याट्री, अटोमेटिक ब्राइटनेस एजष्ट हेडल्याम्प, ब्लुटूथ कनेक्टिभिटी, साइड स्ट्याण्ड सेन्सर, की-लेस स्टार्ट जस्ता फिचर पाउन सकिन्छ ।
यसको आधिकारिक जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन् । बुधबारदेखि ग्राहकले राइजिङ मलमा रहेको नाइवोटको सोरुम अवलोकन गर्न सक्नेछन् ।


