साँचै ड्राइभर नचाहिने हो ? स्वचालित कारबारे उपभोक्ता नै अन्योलमा !

काठमाडौं । पछिल्लो समय स्वचालित कारका समाचारहरूको बाढी नै आएको छ । मानिसहरूलाई चासो हुनु पनि स्वभाविक हो । मानिसले नचलाइकनै कार चल्ने मन्ने कुरा सामान्य होइन । त्यसैले स्वचालित कारका समाचारहरू धेरैको चासो हुने र आउनु स्वभाविक हो । 

 के हामी पूर्ण–स्वचालित ड्राइभिङ समाजको परिकल्पना गर्न सक्छौं भन्ने प्रश्नमा ७१ प्रतिशतको जवाफ थियो, हामीले ड्राइभिङ नीति बिर्सिनेछौं । 

तर, स्वचालित कारबारे उपभोक्ताहरू भने दोधारमा परेका छन् । हालै सीएआरआईडीले गरेको एक कन्जुमर सर्भेले यस्तो देखाएको हो । सवारी सञ्चालनमा आएको नयाँ प्रविधिलाई उपभोक्ताले कसरी लिएका छन् भन्ने विषयमा गम्भीर कुरा परिएको अनुसन्धानकर्ताले बताएका छन् । 

उक्त सर्भेमा १ हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो । सर्भेमा सहभागी ४८ प्रतिशतले मात्र स्वचालित कारको प्रविधिको परिभाषाबारे बुझेको बताए । ५२ प्रतिशत सहभागीहरूले स्वचालित कारमा कुनै न कुनैरूपमा सवारी सञ्चालन गर्दा मानिसको आवश्यकता हुने प्रतिक्रिया दिएका हुन् । 

यसले के पुष्टी गर्छ भने उपभोक्ताहरूले अझै अर्ध–स्वचालित र पूर्ण–स्वचालित कारमा प्रयोग भएको प्रविधिबीच भिन्नताको भेउ पाउन सकेका रहेनछन् । सर्भेमा सहभागीहरूले कतिपय अवस्थामा आश्चर्यपूर्ण शब्दहरू व्यक्त गरेका थिए । के हामी पूर्ण–स्वचालित ड्राइभिङ समाजको परिकल्पना गर्न सक्छौं भन्ने प्रश्नमा ७१ प्रतिशतको जवाफ थियो, हामीले ड्राइभिङ नीति बिर्सिनेछौं । 

अधिकांश सहभागीहरूले स्वचालित सवारी प्रणालीमा सरकारले कस्तो भूमिका खेल्छ भन्नेमा चासो व्यक्त गरेका थिए । स्वचालित कार सञ्चालनमा सरकारले लिने नीतिमा पनि धेरै कुरा निर्भर गर्ने प्रतिक्रिया सहभागीहरूको थियो । स्वचालित कारसमेत दुर्घटनामा परेको विषयले उपभोक्तालाई थप सशंकित तुल्याएको छ । 

यो रिपोर्ट स्वचालिन कार दुर्घटनामा पर्नुपूर्व गरिएको कुराकानीमा आधारित थियो । सुरक्षित स्वचालित कार नै चुनौतीको विषय हुनेछ । पूर्ण–स्वचालित कारहरू उत्पादन हुन थालेका छन्, तर यो व्यवहारमा आइहाल्ने कुरा भने धेरै परको विषयका रूपमा देखिएको सीएआरआईडीका प्रोडक्ट ट्रेनिङ निर्देशक रिचार्ड रिनाको भनाइ छ । 


Back_to_top