फैलिदै सेरेस ब्राण्ड, थप्यो नयाँ डिलर

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसले नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बुटवलको कालिकानगरमा नयाँ शोरुम खोलेको हो । कम्पनीले नयाँ नेटवर्कबाटसेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा उपभोक्तालाई दिने जनाएको छ ।

इएएम मोटर्सको नामबाट संचालनमा आएको नयाँ शोरुम स्थानिय उद्यमी ब्यवसायीको उपस्थितिमा शुभारम्भ भएको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि अटो कर्पले जनाएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि आटोकर्पका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो ।

सेरेसले सन् २०२३ मा नेपाली बजारमा इलेक्ट्रीक एसयूभी र माइक्रो कार ल्याएर बिक्री सुरु गरेको थियो । उसको उत्पादन छोटो समयमा नै निकै राम्रो सफलता पाउन सफल भएको छ ।

नेपालमा सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध छन् । मूल्यका हिसावले पनि १३ लाख ९९ हजारदेखि ५२ लाख ९९ हजारसम्मका विद्युतीय कार छन् ।


Back_to_top