काठमाडौं । एथर इलेक्ट्रीक स्कुटर नेपाल प्रबेश गरेसँगै निकै तिब्र गतिमा नेटवर्क। सर्भिस र फास्ट चार्जिङ स्टेशन निर्माण लागेको छ । मंसिरबाट नेपाली बजारमा प्रबेश गरेको एयरले काठमाडौं बाहिर पहिलो नेटवर्क विस्तार गरेको हो ।
पोखराको नयाँबजारमा खुलेको नयाँ शोरुम अटोवेज प्रालिले संचालनमा ल्याएको हो । बैद्यज् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ नेपालमा आधिकारीक बिक्रेताको काम गरिरहेको एथरका उत्पादन सफलताको बाटोमा लागेको देखिन्छ ।
कम्पनीले ४ महिनाभन्दा छोटो समयमा काठमाडौं, ललितपुर र पोखरामा शोरुम निर्माण गरेर संचालनमा ल्याएको छ । साथै, काठमाडौं र पोखरामा सुविधासम्पन्न सर्भिस सेन्टर र चार्जिङ स्टेशनसमेत निर्माण भएका छन् ।
अहिले काठमाडौंको ७ स्थानमा फस्ट डिसी चार्जर राखेर उपभोक्तालाई सर्भिस दिइरहेको बैद्यज् इनर्जीले पोखरामा पनि पहिलो डिलरसँगै दुई स्थानमा फास्ट चार्जिङ स्टेशन बनाएको छ । उक्त चार्जर आटोवेज भवन नयाँबजार र लेकसाइडमा छ । थप दुई चार्जरहरू छिट्टै लगाउने कम्पनीले जनाएको छ ।

कार्यक्रममा आफ्नो देशभर एथर पुर्याउने योजना सुनाउँदै बैद्यज् इनर्जीका सीईओ शुर्यान्स वैद्यले भने, ‘हाम्रो आटोवेज प्रालिसँग सहकार्य लामो छ । विगत २० वर्षदेखि टोयोटा मार्फत स्थापित सम्बन्धलाई एथरसम्मले जोडेका छौं । भोलिका दिनमा यस क्षेत्रका ग्राहकले उत्कृष्ट सेवा पाउने छन् । यो सहकार्यमा ब्यक्तिगत रुपमा म निकै उत्साहित छु ।’
एयर ४५० एक्स सार्वजनिक
काठमाडौं उपत्यकामा जस्तै पोखरामा पनि कम्पनीले ‘४५० एक्स’का दुई फरक ब्याट्री अप्सन सहितका मोडल उपलब्ध गराएको छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन् ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

