टेस्लाभन्दा सस्तो भयो ‘मस्टाङ म्याकई’

काठमाडौं । चिनियाँ र भारतीय ब्राण्डले विद्युतीय कारको मूल्य कटौती गरिरहेको समयमा अमेरिकी ब्राण्ड फोर्डले पनि आफ्नो इलेक्ट्रीक कारको मूल्य कटौती गरेको हो ।

अमेरिकाको दोस्रो ठूलो अटोमोवाइल ब्राण्ड फोर्डले आफ्नो विद्युतीय हाई पर्फमेन्स कार मस्टाङ म्याकईको मूल्य घटाएको हो । फोर्ड म्याकईको बिक्रीमा जनवरीमा ठूलो गिरावट आएपछि कम्पनीले मूल्य घटाएको हो । जनवरीमा म्याकईको बिक्री ५१ प्रतिशतले घटेर १ हजार २९५ युनिट मात्र भएको थियो ।

फोर्डले म्याकईको मूल्य ३ हजार १०० देखि माथिल्लो भर्र्सनमा ८ हजार १०० डलरसम्मले घटाएको हो । कम्पनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्य कटौती गरेको छ ।

अब क्याकईको मूल्य ३९ हजार ८९५ डलरबाट सुरु भएको छ । फोर्ड म्याकईको प्रतिस्पर्धी टेस्लाको मोडल वाई क्रसओभरको सुरुवाती मूल्य ४२ हजार ९९० अमेरिकी डलर रहेको छ ।

घट्दो मागसँगै फोर्डले गत जनवरीमै इलेक्ट्रीक पीकअप ट्रक एफ–१५० लाइटनिङको उत्पादन कम गर्ने घोषणा गरिसकेको थियो ।


Back_to_top