काठमाडौं । करिब एक वर्षअघि नेपाली बजारमा प्रवेश गरेको फ्रान्सको प्रिमियम अटो उत्पादक कम्पनी प्यूजोका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् । उक्त गाडी नेपालका लागि आधिकारिक वितरकको रुपमा साङ्ग्रिला मोटर्सले भित्र्याएको हो । नाडा अटो शो २०१७ मा पहिलो पटक नेपाली बजारमा आएको प्यूजोले अहिले निकै राम्रो ब्यापार गरिरहेको छ ।
कम्पनीका एसिस्टेन्स म्यानेजर राकेश श्रेष्ठकाअनुसार हालसम्म कम्पनीले ८० युनिटमाथि गाडी बिक्री गरिसकेको छ । ‘प्यूजोप्रति ग्राहकको सकारात्मक दृष्टिकोण पाएका छौँ । एक वर्षको समय अवधिमा कम्पनीले राम्रोसँग बजार विस्तार गरिरहेको छ । गाडी खरिद गर्ने ग्राहक पनि उत्तिकै सन्तुष्ट छन्’ श्रेष्ठले भने ।
मूल्यका हिसावले प्यूजोका एसयूभी २००८ को सुरुवाति मूल्य ८२ लाख रुपैयाँ रहेको छ भने सर्वाधिक रुचाइएको ३००८ मोडलको मूल्य १ करोड २० लाखदेखि १ करोड ३० लाखसम्म रहेको छ ।
हाल,कम्पनीले काठमाडौं, पोखरा, बिराटनगर र नारायणगढबाट सेल्स, सर्भिस र स्पेयरपार्टसको सुविधासहितको शोरुम संचालन गरिरहेको छ । अब चाँडैनै बुटवलमा नयाँ शोरुम खोल्ने तयारी भइरहेको श्रेष्ठले जनकारी दिए । साथै, मुलुकका अन्य प्रमुखशहरमा डिलरशिप र सर्भिस सेन्टर संचालनगर्ने तयारी भइरहेको उनले बताए ।
यो पनि पढ्नुस्: प्यूजोको इलेक्ट्रीक कार नेपालमा, यस्तो छ मूल्य र विशेषता
प्यूजोका मोडलको मूल्य केही महंगो भएकाले उच्च वर्गकै ग्राहक आउने गरेको श्रेष्ठ बताउँछन । श्रेष्ठ भन्छन्, ‘प्यूजोको ग्राहक विशेषत व्यापारी, ब्यवसायी तथा धनाढ्य ब्यक्ति नै हुने गरेका छन् । अहिलेसम्म ग्राहकबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।
बिक्रीपछिको सेवाको लागि स्पेयर पाट्र्सलगायतका कुनैपनि विषयमा कमी छैन, कम्पनीले बिक्रीसँगै त्यसपछिको सेवामा समेत निकै ध्यान दिइरहेको छ’ श्रेष्ठले दाबी गरे ।
पछिल्लो समय कम्पनीको लाइनअपमा एसयूभी–२००८ र ३००८ रहेको छ भने, प्यूजो सेडान–५०८ लगायतका मोडल बिक्री भइरहेको छ । यसैबीच, विद्युतीय सवारीसाधनप्रतिको आकर्षणलाई ध्यानमा राख्दै नयाँ इलेक्ट्रीक मोडल (पाटर्नर) बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
मूल्यका हिसावले प्यूजोका एसयूभी २००८ को सुरुवाति मूल्य ८२ लाख रुपैयाँ रहेको छ भने सर्वाधिक रुचाइएको ३००८ मोडलको मूल्य १ करोड २० लाखदेखि १ करोड ३० लाखसम्म रहेको छ ।
कम्पनीले हाल फ्रान्सबाट गाडी आयात गर्दैआएको छ । पछिल्लो समय भारतीय बजारमा प्यूजो एसेम्बल स्थापना गर्ने तयारी भइरहेको परिपेक्षमा प्यूजोको संभावना धेरै भएको कम्पनीले दाबी गरेको छ ।


