चालक निदाएपछि गायक पवनदीप राजनको कार दुर्घटना

काठमाडौं । भारतीय गायक पवनदीप राजनको कार दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तराखन्डबाट दिल्ली जाने क्रममा उनको कार दुर्घटना भएको हो।

मिडिया रिपोर्टका अनुसार कारमा गायक पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर थिए । तीनै जनाको अहिले उपचार भइरहेको छ ।

उत्तराखण्डको चन्पावतमा बस्ने उनिहरु दिल्लीको लागि जाँदै थिए । रातको करिब २ः३० बजेको आसपास उनिहरुको कार दुर्घटनामा परेको स्थानिय प्रहरीले जनाएका छन् ।

कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ। अहिले घाइतेहरुको नोएडामा रहेको फोर्टिस अस्पतालमा उपचार भइरहेको छ । पवनदीपको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ। उनि १२ औं संस्करणको इन्डियन आइडलका विजेता हुन् ।


Back_to_top