सिप्रदिले मनायो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडाैं । टाटा मोटर्सका लागी आधिकारीक बिक्रेता सिप्रदिले अन्तर्राट्रिय याग दिवसको अबसरमा योगा कार्यक्रम सम्पन्न गरेको छ । सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा  देशका नवौं प्रमुख शहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो । 

कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिहरु सबै कर्मचारी, ग्राहक, तथा पत्रकारसहित हजारांै सहभागी भएका थिए । केही वर्ष पहिला संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यस योग दिवसलाई संसारभरी मनाइन्छ र सिप्रदीले पनी यस विश्वब्यापी अभियानमा आफ्नो आबद्घता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको छ ।

सिप्रदी ट्रेडिङ प्रा. लि. का निर्देशक शम्भु प्रसाद दाहालले भने ‘आज यहाँ विभिन्न उमेर समुहका व्यक्तिहरुको सहभागिताले गर्दा धेरै खुशी लागेको छ । शरीर र मनलाई शान्त राख्ने योगा अध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने ब्यायाम हो । विशेष गरि आज का युवाहरु धेर नै नचाहिने कुरा, हिंसा आदिमा आफ्नो समय व्यतित गरिरहेका छन् त्यसैले योगाले मन, शरीर र आत्मालाई शान्त बनाउदँछ । सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्था, टाटा मोटर्स तथा आफ्ना ग्राहक, परिवार तथा साथीभाइहरुसँग जोडिन पाउदा खुशी व्यक्त गर्दछ ।’

यसै अबसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले भने, ‘विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजीक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्था सँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

योगा भनेको खाली ब्यायाम गर्नु मात्र होइन यो आफ्नो भित्री पहिचान खोज्ने तरिका पनि हो र प्रकृति र विश्वलाई चिन्ने अवसर पनि हो । यसले  हामीलाई स्वस्थ तथा समृद्दिकाे साथै हरेक दिन आनन्द र वर्तमानमा रहन सिकाउँदछ ।  सिप्रदीले जहिले पनि आफ्नो ग्राहकहरुलाई अग्रणी रुपमा राख्ने कुरामा विश्वास राख्दछ चाहे त्यो गुणस्तर सेवा तथा प्रोडक्ट होस् वा विभिन्न लाभदायी सहायता कार्य होस् ।’


Back_to_top