लकडाउनको समयमा सिप्रदीको बीएस ४ र बीएस ६ सम्बन्धी अनलाइन तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले लकडाउनको समयलाई सदुपयोग गर्दै बीएस ४ र बीएस ६ सम्वन्धी अनलाईन तालिमको आयोजना गरेको छ । कम्पनीले नेपाल टिपर तथा ट्रक व्यवसायी संघ, कलंकी काठमाडौंमा आवद्द आफ्ना ग्राहकहरुलाई यस सम्बन्धी तालिम अनलाईन मार्फत दिएको हो ।

उक्त तालिममा १५ जनाको सहभागितामा रहेको कम्पनीले जनाएको छ । नयाँ टेक्नोलोजीका गाडीहरुमा के कस्ता विशेषता रहेका छन् । नयाँ प्रविधीलाई कसरी सहजीकरण गर्ने र यसका फाईदाहरु के–के छन् भन्ने विषयमा तालिममा जानकारी दिइएको थियो । आगामी दिनमा यस किसिमका महत्वपूर्ण तालिमहरु आफ्ना चालक तथा सहचालकलाई पनि दिनुपर्ने कुरा उक्त तालिममा व्यवसायीहरुले राखेका थिए ।

सिप्रदी ट्रेडिङ्गका ग्राहक सेवा महाप्रबन्धक सामदेन लामाले अबको युग भनेको नविनतम प्रविधिको युग भएको र आउने दिनहरुमा आफ्ना ग्राहकहरुलाई विश्वस्तरिय प्रविधिको साथ निरन्तर उच्चस्तरिय सेवा दिने बताएका थिए ।

उक्त तालिममा नेपाल टिपर ट्रक व्यवसायी समिति, कलंकीका अध्यक्ष रामकुमार चापागाँई पनि सहभागी रहेका थिए । यो तालिममा बीएस ६ को गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो । साथै, निकट भविष्यमा आइरहेका बीएस ६ गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो ।

यसका साथै सिप्रदीले सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको जनाएको छ ।


Back_to_top