काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपाँग्रे ब्रान्ड यात्रीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर पी-टु तयार पारेको छ । कम्पनीले आफ्नो सोसल मिडिया पेजमा यात्री पी-टुको टिजर सार्वजनिक गर्दै यात्री चाँडै बजारमा आउँने संकेत गरेको हो ।
देशकै ठूलो अटोमोबाइल ब्यवसाय गर्ने सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त जेभी कम्पनीले निर्माण गरेको पी-टु आगामी नाडा अटो शोमा देख्न पाइने भएको हो ।
यात्रीले पी-टुको रियर प्रोफाइल आफ्नो सोसल मिडियामा सार्वजनिक गर्दै टीमको अथक प्रयासले डिजाइन तयार भएको जनाएको हो । कम्पनीले वर्षको अन्त्यमा यसलाई बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको उल्लेख गरेको छ ।
कम्पनीले तयार पारेको पी-टु नाडा अटो शोमा प्रर्दशन हुनेछ भने सम्भवत कम्पनीले बुकिङ समेत खुला गर्ने अनुमान गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको तस्बीरका अनुसार यात्री पी-टुमा मिड माउन्ट मोटर हुनेछ । मोटरमा मेड इन नेपालको ब्याच प्रयोग गरिएको छ ।
यात्रीले स्कुटरमा ट्यूवलेस अलोय ह्वीलको प्रयोग गरेरको छ । दुबै ह्वीलमा डिस्क ब्रेक दिनेछ । यात्री पी-टुमा सार्प एजहरुको प्रयोग गरेर डिजाइन तयार पारेको अनुमान गर्न सकिन्छ । रियर साइड प्यानल हेर्दा यो स्कुटरको स्पोर्टी डिजाइनमा रहेको अनुमान गर्न सकिन्छ ।

