काठमाडौं । स्कोडाले आफ्नो नयाँ एसयूभी कुशकको ‘मोन्टेकार्लो’ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोन्टे कार्लो भेरियन्टमा निकै आकर्षक फिचर समावेस भएका छन् ।
स्कोडाले नयाँ मोन्टे कार्लो भेरियन्टको सुरूवाती मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेको यो भेरियन्ट नेपाल पनि आउने छ । नेपाली बजारमा यो भेरियन्टको मूल्य ७५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
रातो र सेतो रंगको सेडमा बनाइएको मोन्टे कार्लो भेरियन्टको इन्टेरियर र एक्सटेरियरमा थुप्रै परिवर्तन पाउन सकिन्छ । यो भेरियन्टमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।
एक्टेरियरमा प्रयोग भएको क्रोम मोन्टे कार्लो मोडलमा अब कालो रंगको हुनेछ । यसमा प्रयोग भएको इन्टुमेन्ट क्लष्टर स्कोडाको नयाँ लन्च भएको स्लाभिया सेडानबाट प्रेरित रहनेछ । तर, यसमा रातो रंगको ग्राफिक्स सहित स्कोडा मोन्टे कार्लो थिम पाउन सकिन्छ । स्कोडाले मोन्टे कार्लो भेरियन्टमा सिट र अपहोस्ट्रेमा रेड र व्ल्याकको डिउल टोन कलर दिएको छ ।

मोन्टेकार्लोमा स्टाइल भेरियन्टको जस्तो फुल एलइडी हेडल्याम्प, अटोमेटीक वाइपर र हेडल्याम्प, भेन्टीलेटेड फ्रन्ट सिट, सव उफर सहितको ६ वटा स्पीकर, अटोडिमीङ रियर भ्यू मिरर, टायर प्रेसर मोनिटरिङ सिस्टम पाउन सकिन्छ ।
कुशकको मोन्टे कार्लो भेरियन्टमा १.० लिटर टीएसआई इन्जिनमा पनि भएकाेले नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ ।


