सीएफ मोटो पापियो मिनी इलेक्ट्रीक भर्सनमा

काठमाडौं । सीएफ मोटोले मिनी इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनीले पापियो १२५ मा आधारित इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो ।

पापियो मिनी इन्टरनल कम्वस्चन इन्जिन भर्सनमा १२६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन, फोर स्ट्रोक इन्जिन रहेको छ । यसले ९.३ हर्स पावर जेनेरेट गर्छ ।

कम्पनीले चाँडै नै पापियो मिनीको इलेक्ट्री भर्सन आउन लागेको रिपोर्ट सार्वजनिक भएका छन् । कम्पनीले पापियो मिनीको नाम इ पापियो वा इलेक्ट्रीक पापियो राख्ने अनुमान गरिएको छ ।

यसमा कम्पनीले नयाँ फ्रेम र पावरट्रेन प्रयोग गर्ने भएता पनि यसलाई परम्परागत मिनि मोटरसाइकल डिजाइनमा नै निर्माण गर्ने जनाएको छ । कम्पनीले निर्माण गरेको यसको प्रोटोटाइप डिजाइन पापियो मिनिको समान डिजाइन देखिएको छ ।

प्रोटोटापइमा देखिए अनुसार यसको सस्पेन्सन तथा ब्रेकिङ सिस्टमलाई परिमार्जन गरिएको छ । इलेक्ट्रीक भर्सन पापियो मिनीमा यूएसडी फर्क तथा ब्रेम्बो डिस्क क्यालिबर दिइएको छ । यसको ह्वील साइज भने १२ इन्च नै रहेको छ ।

यसमा ट्रेडिसनल ट्यूवलर स्टील फे्रमका साथै कास्ट आलुमुनियम स्वीङ आर्म दिइएको छ । यसको फ्यूल ट्याङकमा ब्याट्री राखिएको छ भने यसमा स्वापेवल ब्याट्री प्याक दिइएको छ । मिनी मोटरसाइकलले १९ हर्सपावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।

हालै सावैजनिक एक रिपोर्टका आनुसार यो मोटरसाइकल चिनियाँ बजारमा चाँडै सार्वजनिक हुनेछ । त्यस पश्चात् ग्लोवल मार्केटमा यसलाई विक्री गर्ने कम्पनीले योजना बनाएको


Back_to_top