स्कोडाले एमक्यू–बी–एओ अवधारणमा आधारित स्कोडा स्केला ह्याचव्याकको इन्टेरियर स्केच सार्वजनिक गरेको छ ।
स्कोडाले सार्वजनिक गरेको स्केचमा स्केलाको संक्षिप्त डिजाइन देखाइएको छ भने, टचस्क्रिन डिस्प्ले जडित ड्याशबोर्ड प्रस्ट देखिएको छ ।
क्याबिनमा कालो रङ्ग लगाइएको छ भने, भर्चूअल ककपीट डिजिटल क्लस्टर हाई इन्ड ट्रिमको विकल्प दिइएको देखिन्छ ।
कम्पनीले स्केलामा ४६७ लिटर बूट–स्पेश लगाउने खुलासा गरेको छ । यसलाई फोल्ड गरेर १४१० लिटरसम्म बनाउन सकिने कम्पनीले जनाएको छ ।
आकर्षक डिजाइनमा सजिएको इन्टेरियरले कम्पनीको उत्पादनमा नयाँ आयाम थप्ने कम्पनीले विस्वास लिएको छ । यो मोडल पेरिस मोटर शोमा सार्वजनिक भएको भिजन आरएस अवधारणामा आधारित रहेको छ ।
स्कोडाले हालैमात्रै स्केलाको टिजर सार्वजनिक गरेको थियो । यो ह्याचब्याक ४.३ मिटर लामो रहेको छ । यसमा २.६ मिटर लामो ह्वीलवेश लगाइएको छ भने १.० लिटर थ्री–सिलिन्टर पेट्रोल इन्जिन दिइएको छ । यसले ८४ देखि १०९ बीएचपी पावरका उत्पादन गर्छ । १.५ लिटर पेट्रोल मोटरले अधिकतम् १४८ बीएचपी पावर उत्पादन गर्छ । त्यस्तै, अर्को विकल्पमा १.६ लिटर डिजेल इन्जिन पनि दिइएको छ ।
स्केला ह्याचब्याक २०१९ को सुरुवातमा युरोपमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनीका सीईओ बर्नहार्ड मायरले दक्षिण एसियाली बजारमा भने २०२० मा मात्रै स्केला आउने बताएका छन् ।


