टाटाले बनायो हाईड्रोजनबाट चल्ने बस, परिक्षण सुरु

टाटा मोटरले भारतमा नै पहिलो पटक हाईड्रोजनबाट चल्ने बस उत्पादन गरेको छ । कम्पनीले इन्डियन आयल कर्पोरेशनसँगको सहकार्यमा हाईड्रोजनबाट चल्ने बस निर्माण गरेको हो ।

पछिल्ला दिनमा एकपछि अर्को नयाँ टेक्नोलोजीको विकासमा लगानी गरिरहेको कम्पनीले पेट्रोलियम पदार्थको विकल्प र वातावरणीय प्रदुषण कमगर्न इलेक्ट्रीक सवारीसाधन निर्माणमा समेत जोड दिदै आएको छ । 

कम्पनीले यसअघि सार्वजनिक सवारीसाधनमा पेट्रोलियम पदार्थ, सिएनजी, हाइब्रीड र इलेक्ट्रीकबाट चल्ने सवारी उत्पादन गरिसकेको छ । 

कम्पनीले उत्पादन गरेको हाईड्रोजन फिउलसेल स्टार बसको अहिले भारतका बिभिन्न क्षेत्रमा सफल परिक्षण भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त बसहरु छिट्टै सडकमा यात्रु बोकेर गुड्ने जानकारी दिएको छ । साथै, यसले बढ्दो प्रदुषण कम गर्न सहयोग पुग्नेसमेत उल्लेख गरिएको छ । 

टाटाले आफ्नो स्टारबसलाई हाईड्रोजन फियुलसेलमा ल्याएको हो । यसमा जडान गरिएको इलेक्ट्रीक मोटरले २५० हर्सपावर जेनेरेट गर्ने सामथ्य राख्छ । उक्त बसले ८०० आरपीएममा १०५० एनएम टर्क प्रदान गर्नेछ ।

साधारण कम्बस्चन इन्जिनले केमिकल इनर्जीलाई पावरमा कन्र्भटगर्दा २० प्रतिशतमात्र प्रभावकारी हुन्छ भने, हाइड्रोजन फियुल सेलले कन्र्भटगर्दा ४० देखि ६० प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । यस्ता बसहरु पूर्णत वातावरमैत्री हुने छन् ।


Back_to_top