१२ करोड खर्चेर आकाशे पुल बनाउँदै काठमाडौं महानगर, यी हुन् संभावित स्थान

काठमाडौं । काठमाडौं महानगरपालीकाले उपत्यकाका बिभिन्न स्थानमा आकाशेपुल निर्माणको लागि बजेट छुट्टाएको छ । महानगरले व्यस्त रहने माइतीघर र चाबहिल चोकमा पछि सार्नमिल्ने आकाशे पुल निर्माण गर्ने भएको हो । 

महानगरले यस वर्षको बजेटमा १२ करोड रुपैयाँ नयाँ आकाशे पुल निर्माणकोलागि छुट्याएको छ । माइतीघर र चाबहिलमा निर्माण गर्न लागिएको पुलको नमूनासमेत तयार भइसकेको महानगरले जनाएको छ । 

काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्य ८ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने जनाएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामनपाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो ।

कामनपाले ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने जनाएको छ । आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला लगायतका स्थान रहेका छन् । 


Back_to_top