कम मूल्यका कार खोज्दै हुनुहुन्छ ? यी ४ हुन सक्छन् विकल्प, मूल्य र विशेषतासहित

काठमाडौं । नाडा अटो शोको रौनक सुरुभएको छ । दशैं तिहारलगायतका ठुला चाडपर्वको समयमा घरमा नयाँ सामान भित्र्याउने हिन्दु परम्परालाई ब्यवसायमा कर्न्भट गर्न बिभिन्न गाडी कम्पनीले नाडा अटो शोको अवसर पारेर नयाँ–नयाँ अफर ल्याउने गरेका छन् ।

यसैबीच कम मुल्यका मोडल किन्न चाहाने ग्राहकलाई मध्यनजर गर्दै विभिन्न कम्पनीले सस्ता मोडलसमेत अटो शोमा राख्ने गरेका छन् । अटो शोमा राखिए वा नराखिएपिन नेपालमा बिक्रीहुने चार सस्ता मोडलका कारहरू यस्ता रहेका छन् ।

मारुती अल्टो

मारुती सुजुकीले नाडा अटो शोमा आफ्नो सदावहार लोकप्रिय कार मारुती अल्टोलाई शो केस गर्ने छ । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७९६ सीसीको मारुती सुजुकी अल्टो ८०० एसटिडीको मुल्य १६ लाख ३९ हजार तोकेको छ । अर्काे मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १८ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

५ स्पिड गियर म्यानुअल तथा अप्सनल एएमटी दिइएको यस कारमा इकोनमीका साथै सेफ्टी फिचर्सलाई प्रमुख ध्यान दिइएको छ । यो कारमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) को साथ ड्युअल एयर ब्याग्स उपलब्ध छ । इन्धन कम लाग्ने यो कार प्रति लिटर ३२ किलोमिटर चल्ने कम्पनीले दावी गरेको छ ।

हुन्डाई इयोन

हुन्डाई मोटरको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नाडा अटो शोको १३ औं संस्करणमा हुन्डाई इयोनलाई शोकेस गर्ने भएको छ । यो कार नेपाली अटो शोमा राखिने हुन्डाईका कारमध्ये सबैभन्दा सस्तो मोडल हो । ८१४ सीसी इन्जिन क्षमताको इयोन डिलाइटको मुल्य १६ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

कम्पनीले इयोन डिलाईट प्लसको मूल्य १७ लाख ९६ हजार र इयोन इरा प्लस को मूल्य १८ लाख ९६ हजार तोकेको छ । यी दुबै कारमा पनि समान ८१४ सीसीको इन्जिन प्रयोग गरिएको छ ।  

कारमा १७० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो कारको इन्जिनले ५६ पीएस पावर उत्पादन गर्छ । उच्च पावर, न्युन मर्मत खर्च, सर्वसुलभ पार्टस र उच्चतम माइलेज लगायतका विशेषताले यो कारलाई निकै लोकप्रिय बनाएको छ ।

आरामदायी क्याविन, इलेक्ट्रिक पावर स्टेरिङ, प्रिमियम ड्यासबोर्ड, एयर कन्डिसनर र पर्याप्त बुट स्पेसले उपभोक्तालाई आरामदायी ड्राइभिङको अनुभुति दिने छ ।

ड्याट्शन रेडिगो

ड्याट्शन कम्पनीले ड्याट्शन रेडी गोलाई निरन्तरता दिने भएको छ । कम्पनीले ड्याट्शन रेडी गो ०.८, ७९९ सिसिको मुल्य १५ लाख २५ हजार पुगेको छ । त्यस्तै सोही क्षमताको इन्जिनको प्रयोग भएका ड्याट्न रेडिगो ०.८ टि ओ (०)को मुल्य १८ लाख ४५ हजार निर्धारण गरिएको छ भने, ड्याट्सन रेडिगो ०.८ एसको मुल्य १९ लाख २५ हजार रहेको छ ।

९९९ सीसी इन्धनको प्लाटफर्म अन्र्तगत ड्याट्न रेडिगो १.० टि‘०’को मुल्य १९ लाख ९९ हजार रहेको छ  भने, रेडिगो १.० एसको मुल्य २० लाख ५९ हजार रहेको छ । यसमा ९९९सिसि क्षमताको इन्जिन लगाइएको छ । यसले ६७ बिएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । यसमा १८ मिमि ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

रेनो  क्विड

रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले सस्तो कारको रुपमा रेनो  क्विडलाई निरन्तरता दिने योजना बनाएको छ  । कम्पनीले  ९९९ सीसी  इन्जिन क्षमताको रेनोल्ट क्विड १.० एलआरएक्सटी पेट्रोल भेरियन्टको मूल्य  २२ लाख २४ हजार ५ सय ३३ रुपैँयाँ तोकेको छ ।

रेनोल्ट क्विड एलआरएक्सटी ‘०’पेट्रोल भर्जनको मुल्य २२ लाख ७३ हजार ६ सय ४५ रहेको छ । रेनोल्ट क्विड १.० एलआरएक्सएल एमटी पेट्रोल भर्जनको मुल्य २१ लाख ९६ हजार ६१३ रहेको छ ।

यसमा पावर स्टेयरिंग, इन्जिन इमोबिलाइजर, ३ र ४ स्पिड म्यानुअल एसि, पावर विन्डो, ट्राफिक असिस्ट रिमोट लकिंग र रियर इएलआर लगायतको विशेषता दिइएको छ । यसमा दुईवटा एयरब्याग लगाइएको छ ।

क्विडमा उपलब्ध ८००सिसि पेट्रोल इन्जिनले ५४ पिएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ । यसको माइलेज २५ किलोमिटर प्रतिलिटर रहेको छ । 


Back_to_top