काठमाडौं । नाडा अटो शो नजिकिएसँगै थुप्रै कम्पनीहरूले नयाँ प्रडक्ट लञ्चको तयारी गरिरहेका छन् । यस्तोमा टीभीएसको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले २ वटा नयाँ प्रडक्टलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले अपाची आरआर ३१० र स्मार्ट स्कुटर एनटर्क सार्वजनिक गर्न लागेको हो ।
भारतीय बजारमा २ महिना आगाडि सार्वजनिक गरिएकको एनर्टक निकै चर्चित बन्दै गएको छ । अगस्ट महिनामा मात्रै भारतीय बजारमा एनटर्क १८ हजार २७८ यूनिट बिक्री भएको छ ।
अपाची आरआर ३१० बारे जान्न यहाँ क्लिक गर्नुस्
जुलाईमा सार्वजनिक भएको यो स्कुटर पहिलो महिनामा नै १० हजारभन्दा बढी यूनिट बिक्री भएको थियो । यो टिभीएसको स्मार्ट स्कूटर हो, यसलाई कम्पनीले भारतीय बजारमा ५८ हजार ७५० भारुमा बिक्री वितरण गरिरहेको छ ।
कारहरुमा मोबाइल कनेक्ट गर्ने फीचर धेरै पहिलेदेखि थियो तर पहिलो पटक स्कूटरमा मोबाइल कनेक्ट गर्ने अप्शन दिइएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटूथबाट स्कूटरमा मोवाइललाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि तपाईंलाई कसले कल वा मेसेज गरेको छ भन्ने कुरा स्कूटरको डिजिटल कन्सोलमा देख्न सक्नु हुने छ ।
डिजिटल कन्सोलमा सबै जानकारी
स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ ।
यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ ।
त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।
इन्जिन
१२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बिएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने यस स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ ।
यसको इन्जिनले बढीमा ९.३ ब्रेक हर्सपावर शक्ति उत्पादन र १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसको टपस्पीड ९५ किलोमिटर रहेको छ भने, शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन यसले नौ सेकेन्डमै समात्न सक्ने कम्पनीको दाबी छ ।
फिचर
यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ ।
१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् ।


