इलेक्ट्रीक गाडीमा कर बढाउन मिल्दैनः सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सोबिता गौतमले विद्युतीय गाडीमा कर नबढाउन सरकारलाई खबरदारी गरेकी छिन् । संसदको विशेष समयमा बोल्दै सांसद गौतमले सरकारको नीति तथा कार्यक्रमको विरुद्ध गएर इलेक्ट्रीक सवारीसाधनको कर नबढाउन आग्रह गरेकी हुन् ।

‘नेपाल सरकारले सन् २०२५ सम्ममा कुल निजी सवारीसाधनको २५ प्रतिशत र सार्वजनिक यातायातमा २० प्रतिशत हिस्सा विद्युतीयको बनाउँछौ भनेको छ । अहिले करका दर बढाउने भन्ने हल्ला बाहिर चल्दैछ । हामी आफैँले राखेको लक्ष्य पुरा गर्न पनि विद्युतीय साधनमा कर चलाउन मिल्दैन’, उनले संसदमा भनेकी छिन् ।

विद्युतीय साधनमा कर बढाउने सरकारको चाहना नभएपनि सरकारको बाध्यता बुझ्न अर्थमन्त्रीले आग्रह गर्दै आएको कारण ईभीमा कर बढ्ने हो कि भन्ने विषयमा सर्वत्र चासो बढ्दै गएको छ ।


Back_to_top