सोकोनको पहिलो शोरुम भक्तपुरमा

काठमाडौं । सोकोन र फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियलले भक्तपुरमा आफ्नो पहिलो शोरुम संचालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एशिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर शुन जियाक्सिन लगायतले गरेका थिए ।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुम संचालनकै दिन ११ वटा सोकोन गाडीहरू ग्राहकलाई हस्तान्त्रण गरिएको थियो ।

भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको दावी छ ।


Back_to_top