इलेक्ट्रीक सवारीमा आवाज अनिवार्य, यस्तो छ कारण

इलेक्ट्रीक सवारी साधनबाट आवाज नआउनुलाई समस्याको रुपमा लिन थालिएको छ । सवारीसाधनमा आवाज नआउँदा दुर्घटना निम्तिने निष्कर्ष निकाल्दै युरोपियन युनियन (इयू)ले इभीमा आवाज निकाल्ने प्रणाली जोड्न आग्रह गरेको हो । 

इयूले इभी कारबाट निक्कै कम आवाज निक्लने हुँदा अन्य सावरी चालक र पैदलयात्रीले सुन्न सक्ने हुँदा आवाज आउने प्रणाली राख्न कार निर्माता कम्पनीलाई आग्रह गरेको हो । 

इयूले नयाँ नियम जारी गर्दै अनिवार्य रुपमा इभीमा आवाज निकाल्ने मेसिन जडान गर्नुपर्ने व्यवस्था गर्न भनेको छ । कस्मेटीक ह्वील अलर्ट सिस्टम नाम दिइएको यस प्रणालीले अन्य गाडी र मानिसलाई अलर्ट गर्ने कार्य गर्छ । 

नयाँ प्रविधिमा इलेक्ट्रीक कार प्रतिघन्टा १९ किलोमिटरको रफ्तारमा गुड्न थालेपछि मेसिनबाट आवाज आउने छ । सामान्य गाडीले जस्तै इभीबाट पनि आवाज आउँनु अन्त्यन्त जरुरी भएको इयुको निष्कर्ष छ । यद्यपी, चालकले आफ्नो आवश्यकता अनुरुप उक्त डिभाइसलाई डिएक्टिभेट गर्न सक्ने इयूले जनाएको छ । 

इयूले युरोपमा २०२१ बाट सबै इलेक्ट्रीक कारमा आवाज आउनै पर्ने नीति लागु गर्ने भएको हो । ‘नयाँ तथा पुराना दुबै इभी मोडलमा अनिवार्य रुपमा यो प्रणाली लागु गर्नुपर्ने छ । आम नागरिकको सुरक्षाको लागि यो नीति लागु हुने जनाइएको छ ।’ साथै, युरोपले सन् २०४० सम्ममा ग्यासोलिन कारको प्रयोग शुन्य बनाउने योजना अगाडि ल्याएको छ । 


Back_to_top