काठमाडौं। हरेक वर्ष नाडा अटो शोको अवसरमा आर्कषक अफर लिएर अटो शोमा सहभागि हुने स्टाडर्ड चाटर्ड बैंकले यसवर्ष मेलामा भागलिन नपाएपनि लोन अफर भने ल्याएको छ ।
बैंकले ९.४९ प्रतिशत ब्याज दरमा सवारीसाधन कर्जा दिने भएको छ। बैंकले नाडा अटोशोलाई लक्षित गर्दै यस्तो कर्जा स्किम ल्याएको हो।
बैंकले पहिलो बर्ष ब्याज दर बढिमा आधारमा १.६२ प्रतिशत प्रिमियम हुने छ। दोस्रो बर्ष आधार दरमा दुई प्रतिशत प्रिमियम हुने छ।
बैंकले यो स्किम असोज २९ गतेसम्मका लागि ल्याएको हो। सवारी साधनका लागि ऋणको १ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने छ। साथै बैंकले निशुल्क रुपमा क्रेडिट कार्ड उपलब्ध गराउने जनाएको छ।

