अटो शोमा सबैको ध्यान खिच्न सफल होन्डाको क्रुज बाइक ‘एनएम–४’

काठमाडौं । नाडा अटो शो २०१८मा सबैको आँखा तान्न सफल भइरहेको  बाइक हो होन्डा एनएम ४ जसलाई स्याकार कम्पनीले अटो शोमा शोकेस गरेको छ ।

विशेष डिजाइनको सो क्रुजर बाइकलाई क्लच प्रयोग गरेर वा नगरेर बिभिन्न ४ मोडमा चलाउन सकिन्छ । यसको गियर चेन्ज गर्नका लागि बटनबाट सिधै कन्टोल गर्न सकिने सुबिधा रहेको छ  ।

नाडा अटो शोको प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले सो बाइक अटो शो स्थलमै सार्वजनिक गरेका थिए । यो बाइकमा ७४५ सीसीको स्यारल ट्वीन इन्जिन रहेको छ भने, ६ स्पीडको ट्रान्समिशन दिइएको छ ।


Back_to_top