नाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्यो

काठमाडौं । आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने १८औं संस्करणको ‘नाडा अटो शो २०२६’ को बुकिङ खुला भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटो शोको स्टल बुकिङ खुलाएको हो । नाडाका अनुसार इच्छुक व्यवसायीले जेठ १८ देखि २६ गतेसम्म स्टल बुकिङ गर्न सक्नेछन् ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी ग्लोबल एक्सपोजिसनबाट प्राप्त गर्न सकिने नाडाले जनाएको छ ।

नाडा अटो शोमा सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, बैंक, बीमा लगायत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित संस्थाहरुको सहभभागिता रहने छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ ।


Back_to_top