काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी कारको शौखिन अभिनेत्रीको रुपमा चिनिन्छीन् । उलले आफ्नोलागि ४ वटा लग्जरी कार राखेकी छिन् ।
मासेराती गिब्ली
सन्नी लियोनसँग मासेराती कम्पनीको दुई वटा कारहरू छन् । तिमध्ये एक मासेराती गिब्ली रहेको छ । यो कार उनले गत वर्ष अक्टोबरमा खरिद गरेकी थिइन् । यो कार मासेराती गिब्लीको फुलअप्सन कार हो । यसमा अधिकतम ३ सय ३० हर्स पावर उत्पन्न गर्ने एक ट्विन चार्जड भि सिग्स पेट्रोल इन्जिन जडान गरिएको छ । यसको मूल्य भारु १ करोड १४ लाख रुपैयाँ रहेको छ ।
मासेराती क्वाट्रोपोर्टी
यो निकै शक्तिशाली कारमा पर्छ । ३.० लिटर डिजल इन्जिन जडान भएको यो कारले अधिकतम २ सय ७५ बिएचपीको पावर र ६ सय एनएम टर्क उत्पादन गर्छ । यो कार सन्नीलाई उनको पति डेनियल वेबरले उपहार स्वरुप दिएका थिए । यसको मूल्य भारु १ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बीएमडब्लू ७ सीरीज
यो कार बीएमडब्ल्यू लाइन अपको प्रमुख लक्जरी कार हो । यो प्रायः धनी मानिसहरुकोे पहिलो रोजाइमा पर्ने गरेको छ । यसको मूल्य भारु १ करोड १७ लाख रुपैयाँ रहेको छ । ६.० लिटर पेट्रोल इन्जिन जडान गरिएको यो कारको इन्जिनले अधिकतम ५४४ बिएचपीको पावर र ७५० न्युटन मिटर टर्क उत्पादन गर्छ ।
८ स्पिड अटोमेटिक गियरबक्स रहेको यो कारले केवल ५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड पकड्ने क्षमता राख्छ । यो कार पनि डेनियलले नै उनलाई उपहार स्वरुप दिएका थिए ।
अाउडी ए–५
यो अाउडी कारमा ३.० लिटर टीएफएसआई वी६ सुपर चार्जड इन्जिन जडान गरिएको छ । यस इन्जिनले २७२ बिएचपीको पावर र ४ सय न्युटन मिटर टर्क जेनरेट गर्छ । केवल ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड पकड्ने यो कार सन्नीको सबैभन्दा सस्तो कार हो । यसको मूल्य भारु ५५ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

