इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारस्थित आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक ४० वर्षीय श्याम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १० प १०८३ नंको मोटरसाइकलमा गइरहेका बेला अनियन्त्रित भई दुर्घटना हुँदा चालक सरदारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

