मारुती ई-भिटाराको फिचर बाहिरियो, १० कलर अप्सनमा आउने

काठमाडौं । मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ई-भिटाराको फिचर र कलर अप्सन बाहिरिएको छ ।

यसै वर्ष (सन् २०२५)को मार्चमा लन्च हुने ई-भिटारामा विभिन्न अत्याधुनिक फिचर र १० कलर अप्सनमा आउने भएको हो । ई-भिटारा ६ प्रकारको सिंगल कलर र ४ प्रकारको ड्युलटोन कलर हुनेछ ।

ई-भिटारा भारतको सबैभन्दा ठूलो चारपाँग्रे उत्पादक सुजुकी र टोयोटा मिलेर विकास गरेका हुन् । यो ईभीमा ६१ र ४९ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यसको ठूलो ब्याट्रीप्याक अप्सनले कम्तीमा ५०० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

कम्प्याक्ट मिडसाइज सेग्मेन्टको यो एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस रहेको छ । मारुती सुजुकी ईभिटाराको ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ ।

मारुती सुजुकीले ई-भिटारामा धेरै प्रकारका अत्याधुनिक फिरचहरू दिएको छ । यो ईभीको एक्सटेरियरको फ्रन्टमा एलईडी हेडलाइट, डेटाइम रनिङ लाइट र टेललाइट रहेको छ । यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्ट्स दिएको छ । १८ इन्चको ह्वील रहेको यो ईभीमा प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।

ई-भिटाराको इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस एप्पलकारप्ले र एन्डरोइड अटो, हर्मन अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट, रिक्लाइन स्लाइडिङ र स्प्लीट रियर सिट, इको नर्मल र स्पोट्स ड्राइभ मोड, स्नो मोड, वान पेडल ड्राइभिङ मोड आदि फिचर रहेको छ ।

मारुती सुजुकीमा सेफ्टीका लागि आधुनिक फिचर लोडेड रहेको छ । यो ईभीमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल भएको लेबल २ एडास फिचर रहेको छ । यसका अलावा यो एसयूभीमा ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटर, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, रियर डिस ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटोहोल्ड फङ्सन, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायत सुरक्षा फिचर रहेको छ ।


Back_to_top