काठमाडौं । ट्रायम्फ स्क्रायम्बलर ४०० एक्सको मूल्य वृद्धि भएको छ । कम्पनीले स्क्रयाम्बलरको मूल्य १० हजार रुपैयाँले बढाएको हो ।
मूल्य वृद्धिसँगै ट्रायम्फ स्क्रयाम्बलरको नयाँ मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ ।
पछिल्लो समय निकै चर्चामा रहेको ट्रायम्फको नेपाली बजारमा दुई मोडल उपलब्ध छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्दले सुरूवाती मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सार्वजनिक गरेको थियो ।
परिचयात्मक मूल्यका रूपमा तोकिएको मूल्य केही समय पछि बढ्ने कम्पनीले बताएको थियो भने सोही अनुरुप १० हजार रुपैयाँ वृद्धि गरेको कम्पनीको भनाइ छ । ट्रायम्फ स्पीड ४०० को मूल्य भने यथावत नै राखिएको छ ।
ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।
त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडीरमोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।

