काठमाडौं । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’को भोलिबाट सुरु गर्ने भएको छ । कम्पनीले चार दिनसम्म संचालन गर्ने क्याम्प माघ १६ गतेदेखि माघ १९ गतेसम्म चल्नेछ ।
बिराटनगरको गोघ्रा चोकमा रहेको कञ्चनजङ्घा बैंक्वेटमा हुने एक्सचेन्ज एण्ड ड्राइभ क्याम्पमा उपभोक्ताले लीपमोटरको सी-१० एसयूभी र सिट्रोनको इलेक्ट्रीक सी-३ कम्याक्ट मोडल किन्न, एक्सचेन्ज गर्न र टेष्ट ड्राइभ पनि गर्न पाउने छन् ।
लीपमोटरको सी-१० नयाँ पिढीको विद्युतीय सवारी साधन हो । यसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्छ । १६० किलोवाटको पावरफुल मोटरको साथ उपलब्ध सी-१० साइज, ब्याट्री पावर लगायतका कुरामा पनि अब्बल मोडलमा पर्छ ।
सिट्रोनले भारतमा बनाएको इलेक्ट्रीक सब फोर मिटर गाडी ईसी-३ पनि क्याम्पमा उपलब्ध हुनेछ । दुबै ब्राण्डका गाडी एक साथ रहने छ । उपभोक्ताले ३५ लाखदेखि ७० लाख रुपैयाँसम्मका गाडी उक्त एक्सचेन्ज एण्ड ड्राइभ क्याम्पमा राख्नेछ ।
यहाँ गएर आफ्नो गाडी एक्सचेन्ज गर्ने वा नयाँ खरिद गर्ने उपभोक्ताले नगद छुट, ७ किलोवाटको चार्जर निःशुल्क, स्पट फाइनान्सीङ सुविधा र एक्सचेन्ज बोनस पाउने छन् ।
कम्पनीले हरेक टेष्ट ड्राइभमा हात खाली नजाने उपहारको ब्यवस्था गरेको जनाएको छ । साथै, टेष्ट ड्राइभ नगरेका तर, आफ्नो नाम रजिस्टरमा टिपाएका मध्येबाट एक जनालाई १० हजार रुपैयाँसम्मको गिफ्ट ह्याम्पर दिने कम्पनीको भनाई छ ।


