जिक्सर मोटरसाइकलमा ५४ हजार छुट

काठमाडौं । सुजुकीको जिक्सर १५५ मोटरसाइकल खरिद गर्दा ५४ हजार रुपैयाँ नगद छुट पाइने भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले जिक्सर १५५ खरिदमा ५४ हजार रुपैयाँ छुट दिने योजना ल्याएको हो ।

कम्पनीले आफूसँग स्टक रहेको मोटरसाइकल बिकाउन आकर्षक अफर ल्याएको हो । कम्पनीका अनुसार यो छुट अफर २०२३ मोडलको जिक्सर १५५ मोटरसाइकलमा मात्रै लागू हुनेछ ।

हाल नेपाली बजारमा जिक्सर १५५ मोटरसाइकलको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । ५४ हजार छुटपछि ३ लाख ३५ हजार ९०० रुपैयाँमै खरिद गर्न सकिने छ ।

साथै, मोटरसाइकल खरिद गर्ने ग्राहकले जिक्सर १५५ मा ५ वर्ष वारेन्टी र १२ वटासम्म सर्भिस पनि फ्रीमा पाउने छन् ।

यो छुट अफर सुजुकीको सम्पूर्ण आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्रै पाइने कम्पनीले जनाएको छ ।

जिक्सरमा १५५ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एसओएचसी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५.६ पीएस पावर र १३.८ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

युरोपियन डिजाइन ट्रेन्डमा बनेको यो मोटरसाइकलमा डिजिटल इस्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइन सेटअप, डबल डिस्क ब्रेकसँगै सिंगल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, लार्ज डायमिटर फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन पाउन सकिन्छ ।


Back_to_top