काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग वर्षेनी बढ्दो छ । विगत ५/६ वर्ष यता नेपाली अटो बजारमा ईभीले रफ्तार लिएको छ । हाल नयाँ बिक्री हुने कारको ६५ प्रतिशत हिस्सा ईभीको पुगिसकेको छ ।
प्रयोग बढेसँगै नेपालमा नयाँ नयाँ ब्राण्ड थपिने क्रम तीव्र छ । नेपाली बजारमा विद्युतीय कार ब्राण्ड मात्रै ४ दर्जन नाघिसकेका छन् ।
यसैबीच, डेढ वर्ष अघि मात्रै नेपाली बजारमा प्रवेश गरेको चिनियाँ अटो उत्पादक चांगानको दीपल ०७ एसयूभी सेग्मेन्टमा ‘क्रान्ति’ नै ल्यायो भन्दा फरक पर्दैन ।
फ्युचरिष्टिक डिजाइन, आधुनिक फिचर, आकर्षक मूल्यका कारण एस-०७ आम छोटो समयमै नेपालीको पहिलो रोजाइ बन्न पुग्यो । ‘बक्सी’ र पारम्परिक डिजाइन भएका ईभीको दबदबा रहेको बजारमा दीपल एस-०७ ‘आकर्षक अपवाद’का रूपमा उदायो ।
‘स्लिक’ तर आत्मविश्वासी, आधुनिक तर व्यवहारिक यो एसयूभी छोटो समयमै नयाँ पुस्ताको चालकका लागि ‘डिजाइन आइकन’ बनेको छ ।
कुपे डिजाइनको एस-०७ मा भएको रुफलाइन, बोल्ड फ्रन्ट फेसिया, एलईडी र्यापअराउन्ड टेल ल्याम्प लगायतले यसलाई फ्युचरिस्टिक देखाउँछ ।

ईभीको नयाँ युगको लागि नयाँ ‘डिजाइन ल्यांग्वेज’
एस-०७ को आकर्षण यसको ‘युनिक डिजाइन फिलोसोफी’ मा आधारित छ, जुन प्रकृति र आर्किटेक्चरको मिश्रण हो । ‘वाटर फ्लो डाइनामिक्स’ र ‘स्ट्रक्चर हार्मोनी’बाट प्रभावित यसको बडीले ‘मुभमेन्ट’ र ‘स्टेबिलिटी’ दुवैलाई बेजोड बनाउँछ ।
यसको ‘एरोडाइनामिक लाइन’ले सुन्दरतालाई मात्र बढाएको छैन ऊर्जाको उपयोगितालाई पनि बढाउँछ । रेन्ज एन्जायटी हटाउने दीपल एस-०७ ले एकपटकको फुलचार्जमा ४१० किलोमिटर र एस-०७ एलले ४८० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
डिजाइन स्पोर्टी भए पनि एस-०७ ले उपयोगितामा कुनै सम्झौता गरेको छैन । यसमा पर्याप्त क्याबिन स्पेस छ, जसले लामो यात्रालाई आरामदायी बनाउँछ ।

अन्तर्राष्ट्रिय प्रतिष्ठा, स्थानीय प्रभाव
विश्व अटोमोबाइल जगतमा दीपल एस-०७ मिडसाइज एसयूभी सेग्मेन्टको सबैभन्दा अग्रगामी सोच भएको (फर्वाड थिंकिंग) ईभीका रूपमा परिचित छ । चांगानको फ्युचरिस्टिक प्रिमियम ईभी ब्रान्ड दीपल अन्तर्गत उत्पादन हुने यो ईभी संसारको जुनसुकै देशमा प्रवेश गरे पनि ‘हेड–टर्नर’ बनेको छ ।
लक्जरियस इन्टेरियर, कटिंङ एज एडास फिचर र प्रतिस्पर्धी मूल्यमार्फत एस-०७ ले प्रिमियम मूल्यको ‘ट्याग’ बिनै आफूलाई विश्वभरका प्रिमियम प्रोडक्टको रूपमा उभ्याएउन सफल भएको छ ।
नेपालमा एस-०७ को प्रभाव क्रान्तिकारी देखिन्छ । यो गाडीले ईभी कस्तो देखिन सक्छ र कस्तो हुनसक्छ भन्ने ग्राहकको धारणालाई परिवर्तन गरिदिएको छ । आधुनिक परिवार, प्रविधि क्षेत्रका व्यवसायी र स्टाइल-कन्सियस प्रोफेसनलहरूका लागि दीपल एस-०७ यात्राको माध्यम मात्र होइन, महत्वकांक्षाको प्रतिविम्ब बनेको छ ।

सडकदेखि ‘स्क्रिन’सम्म
एस-०७ को लोकप्रियता सडकमा मात्र सीमित छैन, यो सांस्कृतिक संकेत पनि बनेको छ । विवाहका फोटाहरू, सेलिब्रिटीका रिलहरू र म्युजिक भिडियो वा लाइफस्टाइल फोटोसुटको ‘ब्याकड्रप’ का रूपमा प्रयोग हुन थालेको एस-०७ले बजारमा ‘आगमन’को परिभाषा नै फेरिदिएको छ । यसको स्लिक लाइन र त्रुटिरहित सिलहटले सामाजिक सञ्जालका प्रयोगकर्ता र ट्रेन्ड सेटरहरूको रोजाइ बनेको छ ।
ईभी पूर्वाधार तीव्र गतिमा विकास भइरहेको नेपालमा दीपल एस-०७ लिडर बनिरहेको छ । विश्व बजारमा आफ्नो प्रभाव जामाइ सकेको एस–०७ आगामी दिनमा अझै चम्किने छ ।


