काठमाडौं । पुरानो मोटरसाइकलमा १५ हजारदेखि ५० हजार रुपैयाँसम्म अतिरिक्त छुटसहित सुजुकीले ‘महा एक्सचेन्ज अफर’ ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले जुनसुकै ब्राण्डको पुराना मोटरसाइकल ल्याएर सुजुकीका नयाँ मोटरसाइकल एक्सचेन् जगर्न पाउने छन् ।
सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता भीजी अटोमोवाइलले यहि मंसिर १७ गतेदेखि ३० गतेसम्मका लागि महा एक्स्चेन्ज मेला लगाएको हो ।
यस अफर अन्तर्गत ग्राहकले कुनैपनि मोटरसाइकल वा स्कुटरको प्रचलित बजार मूल्यभन्दा १५ हजारदेखि ५० हजाररुपैयाँ अतिरिक्त प्राप्त गर्न सक्नेछन् । साथै, नयाँ मोटरसाइकल तथा स्कुटरमा अतिरिक्त १५ हजार रुपैयाँ नगद छुट पनि पाउने छन् ।
साथै, ग्राहकलाई सहजताको लागि शून्य प्रतिशत ब्याजदर स्कीम पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक्सचेन्ज गर्नु अघि मोटरसाइकल र स्कुटरको टेस्ट ड्राइभ पनि उपलब्ध गराउने छ ।
सुजुकीको मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकले आफ्नो नजिकैको सुजुकी शोरुममा सम्पर्क गर्न सक्नेछन् । यो अफर नेपालको सबै आधिकारीक सुजुकी शोरुमहरुमा लागु हुने कम्पनीले जनाएको छ ।

