काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी मोटोकर्पले उत्कृष्ट माइलेज सहितको नयाँ जेनेरेशन सेलेरियो बजारमा उतारेको छ । नेपाल आएको दुई हप्ताभन्दा बढीको समय भएपनि यसलाई आजबाट आधिकारीक रुपमा विक्री सुरु गरेको हो ।
सेलेरियोलाई मारुती सुजुकीले पारिवारीक कार भनेको छ । १.० लिटरको ड्यूल जेट इन्जिनको प्रयोग भएको कारण सेलेरियो उच्च माइलेज दिने कारमा पर्छ ।
नयाँ सेलेरियो सार्वजनिक भएको विषयमा आफ्नो धारणा राख्दै सिजी मोटोकर्पका सेल्स एण्ड मार्केटिङ जनरल म्यानेजर सिराज पन्तले भने, ‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यू जेनेरेशन सेलेरियो उच्च माइलेज, उत्कृष्ट सुरक्षा फिचर र पहिलेको भन्दा सुविधाजनक फिचरसहित आएको छ ।
नयाँ सेलेरियो थ्रिडी अर्गानिक स्कल्पटेड डिजाइनमा तयार भएको कार हो । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसलाई आकर्षक बनाएको छ ।
पहिलेभन्दा फराकिलो क्याविन, अर्गानिक स्कल्पटेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई प्रिमियम फिल प्रदान गरेको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल थीम साइड एयर भेन्ट्सले सेलेरियोको भित्री डिजाइनलाई आकर्षक रहेको छ ।
सुजुकीको हार्टटेक प्लेटफर्ममा तयार भएको सेलेरियो विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । सेलेरियो भिएक्सआईको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआईको २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

