काठमाडौं । मारुती सुजुकीको लागि नेपालको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्ना सबै मोडलको मूल्यसूची सार्वजनिक गरेको छ । नाडा अटोमोवाइल्स एसोशिएशन अफ नेपालले बिहिबार सार्वजनिक गरेको मूल्यसूचीमा ४३ भेरियन्टको मूल्य प्रकाशन गरेको छ ।
कम्पनीले अहिले १८ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजार रुपैयाँ मूल्यसम्मका कारहरु बिक्री गर्दै आएको छ । मारुती सुजुकीका अधिकांश मोडलहरु भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारका रहेका छन् ।
सिजी मोटोकर्पले बिक्री गर्ने यी गाडीकोहरु धेरै मोडल र त्यसका भेरियन्टको मूल्य ३० लाखभन्दा कम रहेका छन् ।



