काठमाडौं । नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो गाडीको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले साउनपछि मूल्य समायोजन गर्न लागेको जनाएको हाे ।
कम्पनीले जनवरी १ तारिखबाट आफ्ना सबै मोडलको मूल्य केही बढ्ने जनाएको छ । तर, कुन मोडलमा कति मूल्य बढ्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।
सिजी मोटोकर्पले अहिले विभिन्न १७ मोडलका गाडी विक्री गर्दै आएको छ । जसमा १५ मोडल प्यासेन्जर कार हुन् भने २ लाइट कमर्शियल गाडी हुन् । यी १७ मोडलमा विभिन्न ३६ भेरियन्ट उपलब्ध रहेका छन् ।
कम्पनीले सोसल मिडियामा ‘प्राइस राइज अलर्ट’ भनेर ग्राहकको लागि सुचना प्रबाह पनि गरेको छ । सोसल मिडियामा दिइएको सुचना अनुसार जनवरी १, २०२२ बाट सम्पूर्ण सुजुकी कारको मूल्य बढ्ने उल्लेख छ ।


