साङयोङको इलेक्ट्रीक कारमा बीवाइडीको व्याट्री

काठमाडौं । दक्षिण कोरियाली कम्पनी साङयोङको इलेक्ट्रीक कारमा बीवाइडीको व्याट्री प्रयोग हुने भएको छ । आज साङयोङले जारी गरेको विज्ञप्तीमा विद्युतीय गाडीको लागि व्याट्री उत्पादनमा चिनियाँ ब्राण्ड बीवाइडीसँग सहकार्य गर्न लागेको उल्लेख छ ।

साङयोङले सन् २०२३ सम्ममा ‘यू १००’ इलेक्ट्रीक कार बजारमा ल्याउनेगरी काम गरिरहेको छ । त्यसको लागि आवश्यक व्याट्री बीवाइडीसँगको सहकार्यमा उत्पादन गर्न लागेको हो ।

अहिले यी दुई ब्राण्ड बीचको सहकार्य ‘यू १००’को लागि मात्र भनिएपनि अन्य मोडलमा पनि जारी रहने अनुमान गरिएको छ । बीवाइडी अहिले विश्वको चौथो ठूलो व्याट्री उत्पादक कम्पनी हो । बीवाइडीले यसअघि टोयोटासँग पनि सहकार्य सुरु गरिसकेको छ ।


Back_to_top