काठमाडौं । सन् २०१८ मा बजारमा आएको तेस्रो जेनेरेशन स्वीफ्टको फेसलिफ्ट मोडल ल्याउने तयारीमा कम्पनी जुटेको छ । करिब दुई वर्ष अगाडि बजारमा आएको थर्ड जेनेरेशन स्वीफ्टले आफ्नो पुरानो लोकप्रियतालाई कामयमै राखिरहेको समयमा कम्पनीले यसको फेसलिफ्ट मोडल ल्याउने भएको हो ।
मिडिया रिपोर्टहरुका अनुसार कम्पनीले आगामी दिपावलीको अघिनै स्वीफ्टको फेसलिफ्ट मोडल बजारमा ल्याउने छ । जापानबाट कम्पनीले आफ्नो ग्लोवल मोडलको फेसलिफ्ट मोडलको डिजाइन बाहिर ल्याएसँगै स्वीफ्टको फेसलिफ्ट मोडलको चर्चा भएको हो । कम्पनीले यसमा ठूलो परिमार्जन भने गर्ने छैन ।
नयाँ स्वीफ्टमा दिइएको रेडियटर ग्रिलमा क्रोम दिइने छ । अगाडिको बम्परमा केही परिमार्जन हुने अनुमान गरिएको छ । साथै, बाहिर आएको तस्विरमा ड्यूल टोन अलोय ह्वील दिइएको छ । तर, भारतमा उत्पादन हुने स्वीफ्टमा यो ह्वील रहन्छ वा रहँदैन भन्ने अहिल्यै भन्न सक्ने अवस्था छैन ।
नयाँ स्वीफ्टमा केही इन्टेरियर परिमार्जन मिल्ने छ । यसको सिटमा केही नयाँ पाउन रहने अनुमान गर्न सकिन्छ । यसमा ७.० इन्च टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टमलाई नै निरन्तरता दिने अनुमान गरिएको छ ।
यसमा कम्पनीले १.२ लिटर के१२एन ड्यूलजेट पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ९० एचपी पावर र ११३ एनएम टर्क प्रदान गर्छ । जुन यसअघिको के१२एम इन्जिनको तुलनामा ७ हर्स पावर बढी हो । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ । उक्त इन्जिनले प्रतिलिटर २१ किलोमिटर माइलेज गर्ने कम्पनीको दावी रहेको छ ।
नेपालमा पनि स्वीफ्टको पहिलो जेनेरेशन मोडलदेखि नै बिक्री हुँदै आइरहेको छ ।


