चाँडै नेपाल आउने सुजुकीकाे एड्भेन्चर मोटरसाइकल (फाेटाे फिचर)

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल  भी–स्ट्रोम २५० नेपाल ल्याउन लागेको हो । हालै भारतकाे नाेयडामा चलिरहेकाे अटाे एक्स्पाेमा सुजुकी भी–स्ट्रोम २५० प्रदर्शनमा राखिएकाे छ ।

सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

नेपाली बजारमा एड्भेन्चर सेग्मेन्टमा केटीएम २५० एड्भेन्चर मोटरसाइकल बिक्री भइरहेको छ । यसका अलावा बेनेलीले २५० एड्भेन्चर बिक्री गर्दै आएको भए पनि सडकमा राम्रो उपस्थिति छैन ।

यस्तोमा नेपाल आउने सुजुकी भी–स्ट्रोम २५० ले नेपाली बजारमा केटीएम २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

 


Back_to_top