काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको छ। मारुतीले हाल भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा अफ रोड एसयूभी फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको हो ।
मारुतीले याे एसयूभी यही वर्षको मध्यसम्म बजारमा लन्च गर्ने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । जिम्नीले सार्वजनिकपछि फाइभ डोर महिन्द्रा थार र फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्नेछ। ग्लोबल थ्री–डोर जिम्नी सिएराको तुलनामा अब सार्वजनिक हुने जिम्नी एसयूभी ठूलो रहेको छ। यो गाडी अन्तर्राष्ट्रिय बजार पुग्न अघि भारतीय बजारमा सार्वजनिक हुने बताइएको छ ।
मारुती जिम्नी फाइभ डोरको लम्बाइ ३ हजार ९८५ एमएम, चौडाइ १ हजार ६४५ एमएम र उचाइ १ हजार ७२० एमएम रहेको छ । यसमा ह्वीलबेस भने २ हजार ५९० एमएम लामो पाउन सकिन्छ भने थ्री-डोर जिम्नीमा २ हजार २५० एमएमको ह्वीलबेस रहेको छ । यसको फ्रन्ट ट्रयाकमा १ हजार ३९५ एमएम छ भने रियरमा १ हजार ४०५ एमएम रहेको छ ।
लामो ह्वीलबेसको बाहेक यसमा ठूलो बडी शेल र दुईवटा अतिरिक्त ढोकाहरू उपलब्ध छन् । २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस अफ रोडरमा ४८ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ । यसमा बुट स्पेस क्षमता २०८ लिटर रहेको छ । तर रियर सीटहरू फोल्ड गरिएको अवस्थामा यसको बुट स्पेस ३३२ लिटरमा पाउन सकिन्छ।
यसमा हिल होल्ड र हिल डिसेन्ट फिचर पाउन सकिन्छ । यसको क्याबिनमा ५ सिटर एरेन्जमेन्ट रहेको छ जसमा अगाडीको भागमा २ वटा क्याप्टेन सिट छ भने रियरमा बेन्च टाइपको सिट रहेको छ ।
एन्ड्रोइड अटो र एप्पल कारप्ले दुवै सपोर्ट गर्ने कनेक्टिभिटी सहित यसमा क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोलसहितको ९ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसमा ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस र ईबीडी रहेका छन् ।
५ डोर जिम्नी काइनेटिक यल्लो, सिजलिङ रेड, ग्रेनाइट ग्रे, नेक्सा ब्लू, ब्लूश ब्ल्याक, पर्ल आर्कटिक ह्वाइट लगायत कलर अप्सनहरुमा उपलब्ध हुने छ। यसमा सिजलिङ रेड जिम्नी डुअल टोनमा ब्लुइस ब्ल्याक रुफमा पनि उपलब्ध हुनेछ ।
मारुती सुजुकी जिम्नी फाइभ डोरमा १.५ लिटर फोर सिलिन्डर के १५ बी माइल्ड हाइब्रिड पेट्रोल इन्जिनमा आइडल स्टार्ट/स्टप टेक्नोलोजी प्रयोग गरिएको छ । यस इन्जिनले ६००० आरपीएममा १०५ पीएसको अधिकतम पावर आउटपुट र ४४०० आरपीएममा १३४ एनएमको पिक टर्क उत्पादन गर्दछ ।
यसमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन स्ट्यान्डर्ड र फोर स्पीड टर्क कन्भर्टर अटोमेटिक यूनिट रहेको छ । यसमा रहेको फ्युल ट्याङ्कीको क्षमता ४० लिटर मापन गरिएको छ भने ब्रेकिङ ड्युटीभेन्टिलेटेड फ्रन्ट डिस्क र रियरमा ड्रम सेटअपद्वारा ह्यान्डल गरिएको छ ।
नयाँ जिम्नीको लन्च यसै वर्षको अन्त्यमा हुनेछ । यो नेक्साका डिलरका साथै अनलाइनमा पनि आजदेखि बुकिङ खुला भएको छ । मारुती जिम्नी ५ को लन्च मूल्य सुरुआती १० लाख देखि १२ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


