काठमाडौं । अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर फेब्रुअरीमा नेपाल आउने भएको छ । केहि दिन भित्रै भारतमा अप्रिलिया एसएक्सआर १६० को विक्री सुरु हुन लागेको हो । कम्पनीले भारतमा यसको मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ राख्ने अनुमान गरिएको छ ।
अप्रिलियको नेपालका आधिकारी वितरक दुगर्ड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल कम्पनी रहेको छ । कम्पनी स्रोतका अनुसार २०२१ को फेब्रुअरीमा यो नयाँ म्याक्सी स्कुटर नेपाल आउने छ ।
अप्रिलिया १६० मा सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहने छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।
त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, अप्सनल स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।
यो म्याक्सी डिजाइन स्कुटरले सुजुकी वर्गम्यान स्ट्रीट, टीभीएस एनटर्क जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


