काठमाडौं । बढ्दो एड्भेन्चर मोटरसाइकलको क्रेजमा विक्रेता कम्पनीहरुले पनि विभिन्न किसिमका स्कीम दिइरहेका छन् । यस्तै स्कीम ‘एसवाईएम’ ब्राण्डले विक्री गर्ने एड्भेन्चर मोटरसाइकलमा दिइरहेको छ ।
नयाँ वर्षको अवसर पारेर संचालनमा ल्याइएको स्कीममा ग्राहकले थुप्रै अफर पाउने छन् । एसवाईएमको ‘एनएच टी-२००’ मोटरसाइकलमा कम्पनीले २५ हजारको नगद छुट, २० हजार एक्सचेन्ज बोनस र सून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिने अफर गरेको हो ।
अहिले ‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक १६ हजार ६७० रुपैयाँ हाराहारी तिर्नु पर्छ ।
यसरी लिएको कर्जामा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले १८ किस्तामा रकम चुक्ता गरिसक्नु पर्ने छ । अपराइड राइडिङ पोस्चर भएको ‘एनएच टी-२००’मा फुल एलइडी लाइट, डिजिटल क्लष्टर पाउन सकिन्छ ।
यूरो ४ मापदण्डको सिंगल सिलिण्डर, फोर स्टोक, एसओएचसी, १८३ सीसी क्षमताको एफआई इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।
दुबै चक्कामा डिस्क ब्रेक, ११ लिटर क्षमताको इन्धन ट्याङ्क, अगाडि १९ र पछाडि १७ इन्चको ह्वील, अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन यसमा पाउन सकिन्छ ।


