काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प २०२० आजबाट सुरु गरेको छ । कम्पनीले आजबाट सुरु गरेको ग्लोबल सर्भिस क्याम्प पुष ८ गतेसम्म संचालन गर्ने छ । अहिलेको स्वास्थ्य परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।
उद्घाटन समारोहमा टाटा मोटर्स कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख श्री रुद्ररुप मैत्राले भिडियो मार्फत यस वर्ष ग्राहकले धेरै महिनासम्म गाडी थन्काएर राखेको भन्दै तिनलाई सहज सेवा प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको बताए ।
सोहि समारोहमा सिप्रदी ट्रडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रेय सबै ग्राहकहरुलाई दिदै उनिहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलताको लागि धन्यबाद दिए । साथै, उनले यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिनसम्म आयोजना गरिएकोे जानकारी दिए ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभर ४५ राष्ट्र र नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने छन् ।
निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।
यसका साथै सर्भिस सेन्टर परिसर भित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था पनि गरेको छ । सर्भिस बुकिङ गर्नको लागि ग्राहकले ९८०१२२३३४४ मा मिस्डकल गर्न सक्ने छन् ।


