टाटा मोटर्सको ‘उपहार मोर’ योजना

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको दशैंलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् । टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहार सहित एक बर्षको फ्री सर्भिस कुपन समेत पाउने छन् ।

त्यसैगरी बुकिङ्ग गरे बापत पनि विभिन्न उपहार प्राप्त गर्न सक्ने छन् । गाडी खरिद गर्ने ग्राहकहरु मध्येबाट तीस जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत आकर्षक बम्पर उपहारको समेत ब्यवस्था गरिएको छ ।

सिप्रदी ट्रेडिङ कमर्सियल गाडीका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार, ‘सिप्रदीले सधैं आफ्ना ग्राहकलाई प्राथमिकतामा राखेको छ । र हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको छ । यसका साथै सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रुपमा उपलब्ध गरि रहेको छ ।’


Back_to_top