टाटाले प्रमुख शहरमा डिसी फास्ट चार्जिङ स्टेशन बनाउने

सांकेतिक तस्विर

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले देशका प्रमुख शहरमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन इभीको विक्री सुरु गर्ने भएसँगै चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो ।

‘टाटाले नेपालमा विद्युतीय कार विक्रीमा आक्रमक योजना तयार गरेर अगाडि बढ्ने सोच बनाएको छ । सरकारले लिएको विद्युतीय कार विक्री बढाउने लक्ष्यमा सहयोग गर्ने योजना सहित देशका मुख्य शहरमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेका छौं’, सिप्रदी ट्रेडिङ स्रोतले भन्यो ।

कम्पनीले मुख्यत भैरहवा, पोखरा, नारायणगढ, वर्दिवास, इटहरी, नेपालगञ्ज जस्ता मुख्य शहर र आवस्यकता अनुसार हाइवेमा सुविधा सम्पन्न चार्जिङ स्टेशन निर्माण गर्ने आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

कम्पनीले एक वर्ष भित्र चार्जिङ स्टेशन निर्माण सम्पन्न गर्नेगरि काम अगाडि बढाएको छ । टाटाले नेक्सनपछि टिगोर सेडानको फेसलिफ्ट मोडल नेपाल ल्याउने छ । साथै, अल्ट्रोज र आउँदै गरेको एचबीएक्सको पनि विद्युतीय मोडलको तयारी कम्पनीले गरिरहेको छ ।


Back_to_top