काठमाडौं । टाटा मोटर्सले ग्राहकलाई आपतकालीन सर्भिस सुविधा उपलब्ध गराउने भएको छ ।
कम्पनीले बाढीपहिरो तथा डुवानबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीमा थप क्षति हुन नदिन आपतकालीन सर्भिस सुविधा उपलब्ध गराउने भएको हो ।
यस सुविधा अन्तर्गत ग्राहकले टाटा मोटर्सको हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गरी घरमै सर्भिसिङ सुविधा लिन सक्नेछन् ।
टाटा मोटर्सका सर्भिस टिमले ग्राहकको घरमै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगी गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ ।
चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखी विशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराइएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी दिए ।