रोयल इनफिल्डले रिकल गर्यो ५ महिनाको उत्पादन

काठमाडौं । रोयल इनफिल्डको उत्पादक कम्पनी आइचर मोटर्सले रोयल इनफिल्डको ५ महिनाभरि उत्पादन गरेको ब्याच रिकल गर्ने निर्णय गरेको छ ।

कम्पनीले उक्त समयमा उत्पादन भएका मोडलहरूको रियर र साइड रिफ्लेक्टरमा फल्ट भेटिएकाले सबै मोटरसाइकल रिकल गर्ने निर्णय गरेको हो ।

कम्पनीले सन् २०२२ को नोभेम्बर देखि २०२३ को मार्च सम्म उत्पादन भएका मोडलहरू रिकल गरेको हो । आइसरले उक्त समयमा उत्पादन भएका सबै मोटरसाइकलहरूको रिफ्लेक्टर निःशुल्क रिप्लेस गरिदिने जनाएको छ । साथै, यो रिप्लेसमेन्ट कार्यका लागि मात्र १५ मिनेटको समय लाग्ने कम्पनीले बताएको छ ।

यो रिप्लेसमेन्ट विश्वका सबै मार्केटमा लागू हुनेछ । रोयल इनफिल्डको फ्री रिप्लेसमेन्ट सर्भिस फेज वाइज साउथ कोरिया, अमेरिका, क्यानडा, भारत, ब्राजिल, ल्याटिन अमेरिका, युरोप, वेलायत सबै देशमा संचालन हुनेछ ।

नेपाली बजारमा पनि उक्त समयको उत्पादनहरू बिक्री भएता पनि प्यारेन्ट कम्पनीले रिकल तथा पार्टस् रिप्लेसमेन्टका लागि कुनै जानकारी नदिएको नेपालका लागि रोयल इनफिल्डका आधिकारिक वितरका अल्फा अटोमोटिभ स्रोतले मेरोअटोलाई बतायो ।


Back_to_top