यसकारण बन्द भएछ संसारकै सस्तो कार नानो !

टाटा ग्रुपमा भएको पूर्वचेयरम्यान रतन टाटा र साइरस मिस्त्रीबीचको आपसी लडाईंले रतन टाटाको महत्वाकांक्षी योजना नानोको बन्दसँगै समाप्त भएको छ । संसारकै सबैभन्दा सस्तो कारको रेकर्ड कायम गरेको नानो कार बन्द हुनुमा आन्तरिक लडाईं मुख्य कारण बनेको छ । 

त्यतिबेला ओला र उर्वरले नानो र इन्डिका कारको ठूलो अर्डर दिएका थिए । तर, टाटाको आपसी लडाईंले उनीहरू अन्य कम्पनीमा लागेका थिए, जसको सिधा फाइदा मारुती सुजुकी कम्पनीलाई भयो । 

भारतको ‘नेशनल कम्पनी ल ट्रीब्यून’ले ९ जुलाई २०१८ को दिन मिस्त्री र उनको पारिवारीक कम्पनीको तर्फबाट दायर गरेको मुद्दा खारेज गरिदिएको थियो । बेञ्चमा पेश भएको प्रमाणको आधारमा कम्पनीले तीन वर्ष अगाडि ठूलो अर्डर गुमाएको देखिएको हो । 

रतन टाटाको चिट्ठी

१६ सेप्टेम्बर २०१५ मा रतन टाटाले साइरस मिस्त्रीलाई एक पत्र लेखेका थिए । उक्त पत्रमा ओला कम्पनीको को–फाउन्डर भावेश अग्रवालले टाटा ग्रुपसँग १० हजार नानो, इन्डिका र इन्डिगोको अर्डर गरेको उल्लेख छ । यो पहिलो अर्डरपछि वार्षिक एक लाख ५० हजार कार किन्ने अग्रवालले प्लान बनाएको कुरा उक्त चिट्ठीमा उल्लेख गरिएको छ । 

टाटाका लागि जरुरी थियो, यो डिल

रतन टाटाले लेखेको पत्रमा किन टाटालाई यो डिलको आवश्यकता थियो भन्ने खुलाएका छन् । उनले टाटा समूहको अध्यक्ष मिस्त्रीले त्यसमा कुनै चासो नै नदेखाएको उल्लेख गरेका छन् । टाटाले ओलाको प्रस्तावमा कुनै प्रतिक्रिया दिएन । उता, मारुती सुजुकी जसरी पनि ओलासँग डिल गर्न लागिपरेको थियो । रतनले चिट्ठीमा उल्लेख गरेका छन् । 

टाटा मोटर्सको सेल्स लगातार घटिरहेको समयमा कम्पनीले यो डिल फाइनल गर्ने अपेक्षा आपूmले गरेको रतन टाटाले उल्लेख गरेका छन् । त्यतिबेला नै कम्पनीले ल्याएको बोल्ट र जेस्टले पनि सोचेजस्तो ब्यापार गर्न सकिरहेका थिएनन् । 

१० महिनाको ब्यापार एकैपटक 

यदि यो डिलमा कम्पनी सफल भएको थियो भने कम्पनीले गर्ने १० महिनाको व्यवसाय एकै डिलमा सम्भव थियो । एक लाख ५० हजार कार एक डिलमा बेच्दा बजारमा टाटाको उपस्थिति निकै बलियो हुने थियो । उता, उर्बरसँगको व्यवसाय पनि कम्पनीले गुमाएको उल्लेख गरिएको छ ।


Back_to_top