काठमाडौं । सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा नेपालभर छरिएर रहेका १ हजार २०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धरले प्रथम स्थान हासिल गरेका हुन् ।
त्यसैगरी बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगिता लिखित र मौखिकगरी दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
टाटा मोटर्सका सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरुसँगको सहकार्यका विभिन्न काम गाडी बढाइएको सिप्रदीले जनाएको छ । त्यसमध्ये टाटा गुरु पनि एउटा महत्वपूर्ण कार्यक्रम हो ।
कार्यक्रमको विषयमा जानकारी दिदै सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भने, ‘टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउँदै अगाडी जाने हाम्रो लक्ष्य हो । साथै, यस प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइने छ ।’
३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरी, टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना दिएका थिए ।


